Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राप्रपाकाे झण्डासहित सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

राप्रपाकाे झण्डासहित सुदीप न्यौपाने हत्याको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । भारतको जम्मु काश्मीरस्थित पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।

आतङकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

सो घटनाको विरोधमा नेपाल नागरिक अभियानले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै पाकिस्तानी दूतावास अघि प्रदर्शन गरेको हो ।

घटनालगत्तै पाकिस्तानी सैनिक जनरल असिम मूनिरले हिन्दू समुदायविरुद्ध दिएको अभिव्यक्ति समेत आपत्तिजनक रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

उक्त हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम  समेत दिएको छ ।

सोही समूहले महाराजगन्जस्थित पाकिस्तानी दूतावासबाहिर प्रदर्शन समेत गरेको छ ।

उनीहरुले पाकिस्तानी सेनाविरुद्ध समेत पोस्टर प्रदर्शन गरेका थिए । स्वतन्त्र युवा समूहको प्रदर्शन चलिरहेकै बेला केही व्यक्ति राप्रपाको ब्यानरमा सोही स्थानमा पुगेका थिए ।

उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए ।

पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077