Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

सांसदहरूलाई ओलीको निर्देशन – संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्नू

सांसदहरूलाई ओलीको निर्देशन – संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्नू

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।

शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

संसद्‌मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्ने लगायतका काम गर्न पनि उनले निर्देश गरेका छन् ।

उनले निर्देशन दिदैँ भने,‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन ।’

देश भन्दा ठूलो अरु नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने चेतावनी पनि दिए ।

देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077