Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ

महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ

शनिवार , बैशाख १३, २०८२

इलाम । इलाममा महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका–४, सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल छन् ।

सोही ठाउँकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दुलालले खुकुरी प्रहार गर्दा भूमिका गम्भीर घाइते भएकी थिइन् । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077