Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

अछाम एमालेको नेतृत्वका लागि डिबी साउँद बलिया दाबेदार

अछाम एमालेको नेतृत्वका लागि डिबी साउँद बलिया दाबेदार

शनिवार , बैशाख १३, २०८२

अछाम । नेकपा एमाले अछामको बहुप्रतीक्षित ९औं जिल्ला अधिवेशन आजबाट सदरमुकाम मंगलसेनमा सुरु भएको छ ।

शनिबार एक भव्य समारोहकाबीच पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन गरेका हुन् । अधिवेशन १५ गतेसम्म चल्नेछ ।

प्रदेशका अन्य आठ जिल्लामा अधिवेशन सम्पन्न भइसके पनि अछाममा केन्द्रमै देखिएको आन्तरिक विवादका कारण अधिवेशन ढिलाइ भएको थियो । अधिवेशन उद्घाटन भएसँगै अब नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।

सकेसम्म नेतृत्व सहमतिमै टुंगो लगाउने तयारी छ । यद्यपि अध्यक्ष पदका आकांक्षी धेरै भएपछि चुनावी प्रक्रियाबाट टुंगो लगाइने छ । हालसम्म सात जना नेताहरूको नाम अध्यक्ष पदका आकांक्षीका रूपमा चर्चामा आएको छ ।

यसबीच, विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता डिबी साउँद प्रमुख दावेदारका रूपमा अगाडि आएका छन् । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष रहेका साउँद पार्टीका विभिन्न तहमा लामो अनुभव र सक्रियताको आधारमा चर्चामा छन् ।

उनले जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको विश्वास जितेको दाबी पनि गर्दै आएका छन्। “पार्टीप्रति मेरो समर्पण, जनसमस्याप्रति निरन्तरको सक्रियता, र संगठनभित्रको लामो अनुभवले मलाई नेतृत्वका लागि योग्य बनाएको छ,“ साउँदले भने, “म सर्वसम्मत अध्यक्ष बन्नेमा पूर्ण विश्वास लिएको छु ।''

साउँदको पक्षमा पार्टीभित्रको युवा पुस्ताको उल्लेखनीय समर्थन देखिएको छ । उनी संगठनलाई नयाँ उचाइमा पु–याउन सक्ने क्षमता राख्ने नेताका रूपमा प्रस्तुत भइरहेका छन् ।

एमाले अछामको अधिवेशनले जिल्लामा भविष्यको संगठनात्मक दिशा निर्धारण गर्ने भएकाले अध्यक्ष पदका प्रतिस्पर्धीहरूबीचको कडा प्रतिस्पर्धाले अधिवेशनलाई विशेष चासोको विषय बनाएको छ ।

हालसम्म अध्यक्षका लागि डिबी साउद, वर्तमान अध्यक्ष चन्द्र बहादुर वोहरा, भीम रावल (कालोटोपी), शिवप्रसाद उपाध्याय, बमबहादुर विसी र तिलक कुँवर प्रमुख दाबेदार छन् । साथै नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किका नेता हिरण्ड भट्टराईको नाम पनि अध्यक्षको चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077