Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सहकारीको रकम अपचलन प्रकरणमा कांग्रेस सांसद माया पक्राउ

सहकारीको रकम अपचलन प्रकरणमा कांग्रेस सांसद माया पक्राउ

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा सांसद राईलाई शनिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको जनाएको छ । सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको दुईपटकसम्म सञ्चालक रहेर दुई अर्ब ६५ करोड बचत रकम हिनामिना गरेको आरोप लागेकी राई पाँच महिनादेखि फरार रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077