Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

कश्मिर घटनाबारे पूर्वराजाले भने - हिन्दूवादी माथिको आक्रमण निन्दनीय, विश्वव्यापी भर्त्सना गरिनुपर्छ

कश्मिर घटनाबारे पूर्वराजाले भने - हिन्दूवादी माथिको आक्रमण निन्दनीय, विश्वव्यापी भर्त्सना गरिनुपर्छ

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मू कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणमा मारिएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको विश्वव्यापी भर्त्सना र निन्दा गरिनुपर्ने बताएका छन् ।

शनिबार समवेदना सन्देश जारी गरेर घटनामा परी ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

उनले हिन्दू समुदायलाई नै मर्माहत पार्न भएको घटनाको जति निन्दा गरे पनि थोरै हुने बताउँदै त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना र निन्दा गरिनुपर्ने बताए । उनले भारत सरकारप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन्।

समवेदना सन्देशमा भनिएको छ,‘बसुधैव कुटुम्बकमको आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीको दिव्य मानवीय मान्यता हो। त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं। सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भर्त्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्छ भन्ने हाम्रो धारणा छ।’

भारतको पहलगाममा नेपाली युवा सुदीप न्यौपाने पनि मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077