Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एआईजीमा बढुवा सिफारिस भएका कार्कीको लुम्बिनीबाट बिदाइ

एआईजीमा बढुवा सिफारिस भएका कार्कीको लुम्बिनीबाट बिदाइ

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख दानबहादुर कार्कीको बिदाइ भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका उनको शनिबार विशेष कार्यक्रमसहित बिदाइ गरिएको हो ।

उनलाई एसएसपी लगायतका कर्मचारीहरुले बिदाइ गरे । आफ्नो ब्याचबाट पहिलो नम्बरमा एआईजी सिफारिस भएका कार्की भावी आईजीपीका दावेदार पनि हुन् ।

गृह मन्त्रालय बढुवा समितिले वैशाख ४ गते कार्कीसहित ६ जना डीआईहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । एआईजी कार्कीसहित बढुवा सिफारिस भएकाहरुले केही दिनमा फुली लगाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077