Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्री ओलीका लागि जन्मभूमि नै आमाको प्रतिक !

प्रधानमन्त्री ओलीका लागि जन्मभूमि नै आमाको प्रतिक !

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताएका छन् ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका हुन् ।

उनले चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएकाले जन्मभूमि नै आमाको प्रतिरूप बनेको बताए । आमाको मुहार धमिलो सम्झनामा आइरहेको उनले बताए ।

'मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो।’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ। यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु।’

उनले आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भन्ने कामना गरेका छन्। ‘आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्,’ उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077