Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफ्नै बमको 'खोका' भेटेपछि...

सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफ्नै बमको 'खोका' भेटेपछि...

आइतवार , बैशाख १४, २०८२

कैलाली । कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ ।

शनिबार गोदावरी नगरपालिका–४ को काली खोलाको छेउमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

शंकास्पद वस्तु भेटिएको सूचनापछि डिस्पोजका लागि नेपाली सेनाको देवीदल गण तेघरीबाट टोली खटाइएको थियो ।

तर टोलीका अनुसार शंकास्पद वस्तु नेपाली सेनाले तालिमका क्रममा पड्काएको प्यारा बम नामक खाली खोका मात्र रहेको खुलेको हो ।

सो खोका ६ महिना अघि तालिमका बेला पड्काएको बमको भएको खुलेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077