Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राष्ट्रियसभा बैठक पनि बस्दै, के-के छन् कार्यसूची ?

राष्ट्रियसभा बैठक पनि बस्दै, के-के छन् कार्यसूची ?

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको हो ।

बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077