Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

प्रधानमन्त्रीलाई रास्वपाका सांसदको प्रश्न –पोखरा विमानस्थलमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हिम्मत छ ?

प्रधानमन्त्रीलाई रास्वपाका सांसदको प्रश्न –पोखरा विमानस्थलमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हिम्मत छ ?

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न अनुरोध गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारमा संलग्नमाथि कारबाही गर्ने हिम्मत छ कि छैन भनेर सरकारलाई प्रश्न समेत गरेका थिए ।

उनले भने,‘पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । त्यसमा संलग्नलाई कारबाही गर्ने हिम्मत छ कि छैन ? २२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ ।’

२०७१ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्माण सम्झौता गरेको स्मरण गराउँदै उनले  विमानस्थल सम्पन्न भएको तीन वर्ष वित्नै लाग्दा पनि परीक्षण उडान बाहेक सञ्चालनमा आउन नसकेको बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्न नदिने बाचा गर्दै आएको स्मरण गराउँदै उनले भने,‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077