Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

स्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो

स्वेता खड्काका कारण माझी बस्ती नै लिलाम हुन लाग्यो

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले कलाकार स्वेता खड्काका कारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताएकी छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन् ।

चौतारा साँगाचोकगढी नगरपालिका ११ को माझी बस्ती बनाउन भनी स्वेता खड्का फाउन्डेशनमार्फत घर निर्माण गरिएको तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको बताइन् ।

सांसद माझीले भनिन्–‘स्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो, हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ । उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो । जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ ।’

नायिका खड्काले २०७२ को भूकम्पपछि उक्त माझी बस्ती निर्माण गर्न स्वेता खड्का फाउन्डेशनमार्फत अभियान चलाए पनि सो काम अलपत्र पारिएको सांसद माझीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077