काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ ।
आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।
सोही क्रममा शिक्षकहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो ।
प्रहरीले एकजना शिक्षकलाई नियन्त्रणमा लिएको छ ।