Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रास्वपाका सांसद मनिष झाले भने - सत्ता गठबन्धन ढल्न हुँदैन, कतिसम्म गिर्दो रहेछ हेर्न चाहन्छौं

रास्वपाका सांसद मनिष झाले भने - सत्ता गठबन्धन ढल्न हुँदैन, कतिसम्म गिर्दो रहेछ हेर्न चाहन्छौं

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने चाहना रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ हेर्नका लागि समेत नढलोस् भन्ने चाहना रहेको बताएका थिए ।

उनले भने,‘सत्ता गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्दछ भन्ने हाम्रो कामना छ । किनभने, अझै धेरै हामीले देख्न बाँकी छ । हामी देख्न चाहन्छौं, कि कतिसम्म गिर्दो रहेछ । गिर्ने स्थान कति बाँकी रहेछ । त्यो देख्न चाहन्छौं । त्यसैले गर्दा पनि यो गठबन्धन नढलोस्, टिकिरहोस् भन्ने हाम्रो कामना छ ।’

सरकारले आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गरे हुन्थ्यो भन्ने चाहना समेत आफूहरूको रहेको उनले बताए ।

हरेक नियुक्तिमा सत्ता गठबन्धनको दरिद्रता देखिँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077