काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई क्षमायाचना गर्न माग गरेका छन् ।
अध्यक्ष लिङ्देनलाई गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न उनले माग गरेका हुन् ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन र क्षमायाचना गर्न माग गरे।
उनले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’बाट हटाउन सभामुखसमक्ष आग्रह समेत गरे ।