Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राजेन्द्र लिङ्देनमाथि खनिए कांग्रेस सांसद, सदनमा माफी माग्नुपर्ने अडान

राजेन्द्र लिङ्देनमाथि खनिए कांग्रेस सांसद, सदनमा माफी माग्नुपर्ने अडान

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सदनमा माफी माग्नुपर्ने बताएका छनन् ।

गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी लिङ्देनले दिएको अभिव्यक्ति झूठो भएको भन्दै उनले क्षमायाचना गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन् । उनले संसाद लिङ्देनको अभिव्यक्ति ‘रेकर्ड’ बाट हटाउन सभामुखसमक्ष आग्रह गरे ।

कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् त्यो प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो, त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’

शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष लिङ्देनले चैत १५ गते भएको तीनकुने घटनाका बेला कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट सत्तारुढ दलका सहमहामन्त्रीले रक्सीका बोतल चोरे भन्ने अभिव्यक्ति दिएका थिए ।

उनले भटभटेनीमा रक्सी चोर्नेमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा रहेकाले प्रहरीले पक्राउ गरेर तत्काल छाडेको प्रमाण आफूहरूसँग भएको बताएका थिए ।

प्रहरीले सुरुमा उनलाई पक्राउ गरे पनि पछि सहमहामन्त्रीको छोरा भएको पाइएपछि तत्काल छोडेको प्रमाण पनि आफूहरूसँग रहेको लिङ्देनको दाबी थियो ।

यता, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने आफ्नो पार्टीका अध्यक्षले रक्सी चोरेको विषय उडाए पनि कुन पार्टीका नेताको छोरा हुन् भन्ने नखुलाएको बताए ।

‘हाम्रो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारुढ दलका सहमहामन्त्रीका छोराले भाटभटेनीमा रक्सी चोरे, भन्नुभयो, कसले चोरे भन्नुभएको छैन,’ शाहीले भने ।

उनले एउटा कथन भन्दै आफै चोरेको प्रमाणित गर्ने कुरा सत्तारुढ दलको सांसदबाट आएको बताए । ‘पहिला पहिला एउटा कथन थियो, चोरलाई खुट्टा काट भनेपछि चोरले आफ्नो खुट्टा लुकाउँथ्यो रे, आज संसदमा त्यही भयो,’ शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077