Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राजेन्द्र लिङ्देनले प्रतिनिधि सभामा दिएको अभिव्यक्ति हटाउन राष्ट्रिय सभामा माग

राजेन्द्र लिङ्देनले प्रतिनिधि सभामा दिएको अभिव्यक्ति हटाउन राष्ट्रिय सभामा माग

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भाटभटेनी सुपरमार्केटमा लुटपाटको बारेमा दिएको अभिव्यक्ति झुटो भएको बताएका छन् ।

लिङ्देनले दुई दिनअघि प्रतिनिधि सभाको बैठकमै भाटभटेनी सुपरमार्केटमा लुटपाट सत्तापक्षीय दलका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी अभिव्यक्ति दिएका थिए ।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढुङ्गानाले लिङ्देनको उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन माग गरेका हुन् ।

सांसद ढुङ्गानाले सत्तापक्ष र सहमहामन्त्रीभन्दा पनि कांग्रेस पार्टीलाई आक्षेप लगाइएकाले प्रमाण पेस गर्न वा माफी माग्न माग गरेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद ढुङ्गानाले उठाएको विषयमा ध्यानाकर्षण भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077