Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चेन अफ कमाण्डभित्र रहेर आफूलाई रोल मोडलका रूपमा स्थापित गर्न प्रहरी अधिकृतहरूलाई आईजीपी थापाको निर्देशन

चेन अफ कमाण्डभित्र रहेर आफूलाई रोल मोडलका रूपमा स्थापित गर्न प्रहरी अधिकृतहरूलाई आईजीपी थापाको निर्देशन

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दिपक थापाले प्रहरी संगठनलाई थप सक्षम र जनमुखी बनाउन नवनियुक्त प्रहरी अधिकृतहरूलाई प्रेरित गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित निर्देशन कार्यक्रमका क्रममा थापाले आ–आफ्नो नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूलाई उच्च कार्यसम्पादनको शुभकामना दिएका हुन्।

थापाले व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकता दिनु आवश्यक रहेको औँल्याउँदै चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासद्वारा संगठनलाई बलियो बनाउन निर्देशन दिए।

उनले हालको सामाजिक परिवेशमा देखिएका चुनौतीहरूलाई अवसरको रूपमा लिएर व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिए।

आईजीपी थापाल थापाले उपस्थित प्रहरी अधिकृतहरूलाई भने–‘नयाँ जिम्मेवारीलाई सिर्जनात्मक ढंगले निभाउँदै आफूलाई रोल मोडलका रूपमा स्थापित गर्नुहोस् ।’

लागूऔषध तस्करी, साइबर अपराध, सीमा अपराधलगायतका जटिल अपराध नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उनले बताए। साथै, सुरक्षा व्यवस्थापन तथा विपद् व्यवस्थापनमा सरोकारवाला निकायसँग सहकार्य गर्दै आ–आफ्नो जिम्मेवारीमा उदाहरणीय कार्यसम्पादन गर्न पनि थापाले आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077