Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

थुनुवा महिला हतकडीसहित फरार

थुनुवा महिला हतकडीसहित फरार

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।

मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो ।

महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो ।

दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077