Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सगरमाथा चढ्ने तयारीमा रहेका असई छत्यालको बिदाइ

सगरमाथा चढ्ने तयारीमा रहेका असई छत्यालको बिदाइ

आइतवार , बैशाख १४, २०८२

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई बिदाइ गरिएको छ ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले असइ छत्याललाई सफल यात्राको कामना गर्दै बिदाइ गरेका हुन् । सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि भन्दै उनी सर्वोच्च शिखरको यात्रामा निस्कन लागेका छन् ।

यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद गर्दैछ ।

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असई छत्याललाई सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरी बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077