Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार

सरकारी वकिल कार्यालयबाटै हत्कडीसहित महिला कैदी फरार

आइतवार , बैशाख १४, २०८२

कैलाली । कैलालीमा एक थुनुवा महिला सरकारी वकिलको कार्यालयबाट हत्कडीसहित फरार भएकी छन् ।

फरार हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया मीना शाही दमाई रहेकी छन् ।

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उनी हतकडीसहित फरार भएकी हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएको बताए ।

उनलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077