Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पहलगाम हमलापछि नेपाल-भारत सीमामा कडा निगरानी

पहलगाम हमलापछि नेपाल-भारत सीमामा कडा निगरानी

सोमवार , बैशाख १५, २०८२

सुनसरी । गत मंगलबार एक नेपालीसहित २८ जनाको ज्यान जानेगरी भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।

खुला सीमाका कारण अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन्।

जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने सीमा क्षेत्रको निरीक्षण गरिएको र सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने व्यक्तिको जाँच गरेर मात्र आवागमन गर्न दिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077