काठमाडौं । सशस्त्र प्रहरी जवान विजय जङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका छन् ।
उनले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् ।
सशस्त्र प्रहरी जवान विजय जंङ्गम लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ ।