Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मधेसमा ५२ करोड भ्रष्टाचार : पण्डितले श्रीमती, दाजु र ससुराको नाममा कम्पनी खोलेर काम गरेको खुलासा

मधेसमा ५२ करोड भ्रष्टाचार : पण्डितले श्रीमती, दाजु र ससुराको नाममा कम्पनी खोलेर काम गरेको खुलासा

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । मधेस प्रदेश सरकारले आठ जिल्लाका १३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापना गर्न किनेका स्वास्थ्य सामग्रीमा ५२ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दुई बहालवाला सहसचिव र मेडिकल व्यवसायी विशाल पण्डितसहित ४५ जनाविरुद्ध चारवटा छुट्टाछुट्टै मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवणकुमार मिश्र, हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसहित १४ जनालाई प्रतिवादी बनाएर २१ करोड ८९ लाख ३९ हजार ७८० बराबरको बिगो माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ ।

यसमा मन्त्रालयका तत्कालीन लेखा अधिकृत नवीन दास, वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, विभिन्न तहका ल्याब टेक्निसियनहरू र काठमाडौंको तीनकुनेस्थित हस्पिटेक इन्टरप्राइजेज प्रालि तथा कम्पनीका सञ्चालक विशाल पण्डितलाई आरोपी बनाइएको छ।

यसैगरी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ठेक्का सम्झौता गर्ने हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितकी पत्नी सञ्चालक रहेको कस्तुरी ट्रेड लिंक प्रालि, काठमाडौं, ससुरा संस्थापक रहेको मेडी सोलुसन इन्टरनेशनल प्रालि, काठमाडौं र दाजुले बिक्री गरेको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालि, ललितपुरसँग दररेट लिई केही रकम मात्र फरक पारी, लागत अनुमान तयार गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामले बोलपत्रदाता हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक पण्डितसँगको मिलेमतोमा गैरकानूनी लाभ उठाउने बदनियतले पूर्व नियोजित योजना बमोजिम नै एउटै परिवार वा नातेदारहरु कै फर्मबाट दररेट लिएको देखिँदा स्वार्थ बाझिएको अख्तियारले जनाएको छ । तर यति ठूलो भ्रष्टाचारमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यमन्त्री भने जोगिएका छन् ।

दोस्रो मुद्दामा १९ करोड ४९ लाख १३ हजार १२० रुपैयाँ, तेस्रो मुद्दामा ५ करोड १ लाख ९० हजार ८० रुपैयाँ र चौथो मुद्दामा ६ करोड ५ लाख ११ हजार ५ सय रुपैयाँ बिगो दाबी गरिएको छ ।

तेस्रो र चौथो मुद्दामा काठमाडौंको सिनामंगलमा रहेको सेभेन हिल्स प्रालि र त्यसका सञ्चालक अनिल शाहलाई आरोपित बनाइएको छ । मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारको पालामा यो खरिद प्रक्रिया भएको हो ।

उनको पालामा सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य प्रयोगशाले मधेश प्रदेशमा रहेका आठ जिल्लाका १३६ पालिकामा प्रयोगशाला निर्माण गर्ने निर्णय भएको थियो ।

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित समेत १४ जनाविरुद्ध आरोपपत्र दायर :

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र, सेभेन हिल्स प्रालिका सञ्चालक अनिल शाहसहित ८ जनाविरुद्ध आरोपपत्र :

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामका तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्द प्रसाद साहसहित ८ जना र सेभेन हिल्स प्रालिविरुद्धको आरोपपत्र :

मधेस प्रदेश, सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठ, तत्कालीन निर्देशक डा. श्रवण कुमार मिश्र र हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालिविरुद्धको आरोपपत्र :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077