Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्रोत नखुलेको ४३ लाख नगदसहित एकजना पक्राउ

स्रोत नखुलेको ४३ लाख नगदसहित एकजना पक्राउ

सोमवार , बैशाख १५, २०८२

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको झन्डै ४३ लाखसहित एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रौटाको प्रहरी टोलीले आइतबार ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित शिवा पटवा भन्ने आशिष कुमारलाई पक्राउ गरेको हो ।

शिवराज नगरपालिका–५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्ने कुमारसँग स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनको कोठामा खानतलासी गर्दा ४२ लाख ६३ हजार ९०० नेपाली रुपैयाँ तथा २६ लाख ५४४ भारतीय रुपैयाँ गरी कुल रकम ४२ लाख ९० हजार ४४४ रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रहरीले उनको साथबाट एक थान पैसा गन्ने मेसिन पनि बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077