Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एसपी सरुवामा शक्तिकेन्द्रको चलखेल, ओलीका पूर्वपिएसओलाई चितवनबाट झापा पठाइयो

एसपी सरुवामा शक्तिकेन्द्रको चलखेल, ओलीका पूर्वपिएसओलाई चितवनबाट झापा पठाइयो

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । एक वर्षमा हुनुपर्ने नेपाल प्रहरीका एसपीको सरुवा १५ महिनामा भएको छ । तीन महिना ढिलो गरेर गरिएको सरुवा पनि विवादास्पद बनेको छ ।

कतिसम्म भने एक एसपीलाई जिल्लाबाट जिल्लामै सरुवा गरिएको छ । विगत तीन महिनादेखि चितवनको प्रहरी प्रमुखका रुपमा कार्यरत एसपी राजन लिम्बुलाई झापामा पठाइएको छ ।

चितवनमा सोचेअनुसार कमाई नभएको भन्दै उनले झापा मागेका हुन् । चितवनमा भन्सार नाका नभएकाले कमाई नभएको भनेर उनले झापा सरुवा मागेको स्रोत बताउँछ ।

सामान्यतया प्रहरीमा यस्तो सरुवा हुँदैन । लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ भएकाले यो बिशेष अवसर पाएका छन् । ओलीकै दबाबमा नियम मिचेर उनलाई चितवनबाट झापा पठाइएको हो । यसअघि वसन्त कुँवर आईजीपी छँदा चितवनको एसपी रहेका गौतम मिश्र पनि ३ महिना नबित्दै चितवनबाट पर्सा सरुवा भएका थिए ।

अहिले सोही शैलीमा लिम्बु चितवनबाट झापा जान सफल भएका हुन् । शक्तिशाली एसपी लिम्बुले प्रहरीको नियम कानुन नै उल्लंघन गरी झापा गएका हुन् ।चितवनमा एसपी गोविन्द पुरीको सरुवा भएको छ ।

त्यस्तै, कतिपय एसपीलाई बढुवाको दुई महिना नहुँदै जिल्ला इन्चार्जमा पठाइएको छ । पवन भट्टराईलाई पाल्पा, दधिराम न्यौपानेलाई स्याङजा, शरद थापा क्षेत्री धनकुटा, लालध्वज सुवेदीलाई सिन्धुली, तिलक भारतीलाई बाग्लुङ तथा दानबहादुर थापालाई गण्डकी ट्राफिकमा पठाइएको छ ।

प्रहरीको सरुवासम्बन्धि कार्यविधिमा सामान्यतया बढुवाको ६ महिनासम्म इन्चार्ज नपठाउने र पठाउनै परे ग वर्गका कार्यालयमा पठाउने उल्लेख छ ।

सो कार्यविधिविपरीत उनीहरुलाई ख वर्गका कार्यालयमा पठाइएको छ । ती जिल्ला जाने पुरानो एसपी नभएकाले उनीहरुलाई पठाइएको बताइएको छ ।

त्यस्तै तराईका जिल्लाहरुमा पनि विवादास्पद र कार्यक्षमतामा कमजोरहरूले अवसर पाएका छन् । यसअघि अनेक विवादमा परेका प्रदीप क्षेत्रीलाई रुपन्देही तथा कार्यक्षमतामा कमजोर रामप्रसाद घर्तीलाई बाँकेको प्रमुखमा पठाइएको छ ।

यसअघि सिन्धुपाल्चोकमा हुँदा हाइड्रोपावर कम्पनी र क्रसरसँग पैसा असुलेको आरोप लागेका बालनरसिंह राणालाई कैलालीको एसपीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077