Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कृषि बाटो निर्माणमा भ्रष्टाचार : प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

कृषि बाटो निर्माणमा भ्रष्टाचार : प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

सोमवार , बैशाख १५, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बाटो निर्माणमा मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा सर्लाहीको धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत र वडा नं ६ का अध्यक्षसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार अख्तियारले प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, नायब सुब्बा मोहम्मद रफिक, सब इन्जिनियर शशिरञ्जन कुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतिया कुमारीविरुद्ध ७ लाख ७९ हजार २०५ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पालिकाको वडा नं ६ स्थित कृषि बाटो निर्माणका क्रममा २०८०/८१ मा विनियोजित बजेट मिलेमतोमा हिनामिना गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

प्राविधिक इस्टिमेटअनुसार काम नगरेको, कागजमा बढी काम देखाएर झुटा विवरण पेस गरेको लगायत आरोपमा उनीहरुलाई प्रतिवादी बनाइएको छ ।

लेखापाल साह, उपभोक्ता समितिका तीन जना र पालिकाका प्रशासकीय अधिकृतसहित बाँकी कर्मचारीलाई छुट्टाछुट्टै बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077