Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मिर्गौला पीडित बिरामीले सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु

मिर्गौला पीडित बिरामीले सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफाल्दा घटनास्थलमै मृत्यु

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । सेती प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका मिर्गौला पीडित बिरामीले तेस्रो तलाबाट हामफालेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको थिए ।
उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् ।

एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077