Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हतकडीसहित भागेकी महिलालाई भारतबाट समात्ने सई चन्दसहित ४ प्रहरी पुरस्कृत

हतकडीसहित भागेकी महिलालाई भारतबाट समात्ने सई चन्दसहित ४ प्रहरी पुरस्कृत

मंगलवार , बैशाख १६, २०८२

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक (सई) गजेन्द्र बहादुर चन्दसहित चार जनालाई पुरस्कृत गरेको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले सई चन्द, प्रहरी सहायक हवल्दारद्धय रविन्द्र शाही र सन्तोष महरा तथा प्रहरी जवान महेश ओझालाई रेकर्डमा जनिने गरी नगदसहित पुरस्कृत गरेका हुन् ।

उनीहरु सरकारी वकिलको कार्यालय धनगढीबाट हतकडीसहित फरार भएकी महिलालाई भारतबाट पक्राउ गर्न सफल भएका थिए ।

मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन् ।

उनलाई सई चन्द नेतृत्वको टोलीले सोमबार बिहान भारतको पलियामा फेला पारेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077