Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

३० हजार घुस लिने सई खड्काविरुद्ध आरोपपत्र दायर

३० हजार घुस लिने सई खड्काविरुद्ध आरोपपत्र दायर

मंगलवार , बैशाख १६, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

भारतबाट भन्सार छली गरी घरेलु प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग सई खड्का ३० हजार रुपैयाँ घुस लिएका थिए ।

सोही अभियोगमा अख्तियारले खड्काविरुद्ध मुद्दा चलाएको हो । प्रारम्भिक अनुसन्धानपछि खड्काले घुस मागी लिएको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उक्त मुद्दामा कैद सजाय र बिगोअनुसार जरिवानाको माग गरिएको छ ।अख्तियार बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077