Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी देखेपछि भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

प्रहरी देखेपछि भागेको कार दुर्घटना, ४२१ किलो गाँजा बरामद

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । प्रहरी देखेपछि भागेको कार दुर्घटना भएको छ ।

बुधबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोसी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई प्रहरीले चेक गर्न खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछी पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

चालक फरार भएको अवस्थामा कार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

चेक गर्दा १२ वटा पोकामा ४२१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077