Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रेशम चौधरीलाई डिल्लीबजार कारागार लगियो

रेशम चौधरीलाई डिल्लीबजार कारागार लगियो

बुधवार , बैशाख १७, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई डिल्लीबजार कारागार लगिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै पक्राउ परेका रेशम डिल्लीबजार कारागार लगिएको हो ।

उनलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यस अगाडि टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिएपछि २०८० साल जेठ १५ गते कारागारबाट रिहा भएका थिए।

पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको थियो । चौधरीलाई छुटाएपछि हत्या भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले पुनः सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् ।

रेशम पक्राउ परेपछि एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम पनि अनिश्चत छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077