कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक पदम बहादुर विष्टको बिदाइ गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका एसपी विष्टलाई बुधबार एक भव्य कार्यक्रमकाबीच बिदाइ गरिएको हो ।
उनलाई निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहरासहित प्रहरी कर्मचारीहरुले सफल कार्यकालको शुभकामना दिँदै बिदाइ गरे ।
उनले कैलाली प्रहरी प्रमुखको रुपमा ४४० दिन जिम्मेवारी सम्हाल्दै प्रहरी संगठनको नीति निर्देशन अनुरुप उत्कृष्ट एवं प्रशंसनिय ढंगबाट उच्च मनोबलका साथ कार्य सम्पादन गरेका थिए ।
[insert page='341663' display='yopanipadhnuhos.php']
उनले आफ्नो कार्यकालमा कैलालीमा फरार प्रतिवादी पक्राउमा रेकर्ड कायम गरेका थिए भने भन्सार छलीका सामान बरामदमा पनि उछाल ल्याएका थिए ।
उनको कार्यकालमा यहाँ लामो समयदेखि फरार रहेका ६३७ भन्दाबढी प्रतिवादी पक्राउ परेका थिए । साथै उनले ११ करोड बढीको अवैध सामान बरामद गरेका थिए । यसैगरी एसपी विष्टले विभिन्न घटनाको सफल अनुसन्धान गरेका थिए ।