Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका तामाङ विमानस्थलबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका तामाङ विमानस्थलबाट पक्राउ

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

जबर्जस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रि स्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077