Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राजदूत घिमिरेले बेलायतका राजा चार्ल्स तृतीयसमक्ष पेस गरे ओहोदाको पत्र

राजदूत घिमिरेले बेलायतका राजा चार्ल्स तृतीयसमक्ष पेस गरे ओहोदाको पत्र

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । बेलायतका लागि नेपाल सरकारका राजदूत चन्द्रकुमार घिमिरेले आज लण्डनस्थित बकिङ्घम दरबारमा आयोजित विशेष समारोहका बीच बेलायतका राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको पत्र पेस गरेका छन्।

ओहदाको पत्र ग्रहण गर्दै राजा चार्ल्स तृतीयले राजदूत घिमिरेलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

पत्र प्रस्तुतिपछि राजासँग भएको शिष्टाचार भेटमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट राजाप्रति हार्दिक शुभेच्छा र बेलायतवासी मित्रवत जनताप्रतिको समृद्धिको कामना व्यक्त गरे।

राजाले नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सुमधुर र पारस्परिक लाभदायक सम्बन्ध रहँदै आएको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077