Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

वैशाख २२ र २३ गते राष्ट्रियसभामा ​नीति कार्यक्रममाथि छलफल हुने

वैशाख २२ र २३ गते राष्ट्रियसभामा ​नीति कार्यक्रममाथि छलफल हुने

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराएका हुन् ।

उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्य व्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे ।

अध्यक्ष दाहालले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपरान्ह २ बजेभित्र कार्य व्यवस्था शाखा (राष्ट्रियसभा) मा दिन सक्ने जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077