काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईलाई पाँच दिनको म्याद थप भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको हो ।
नेपाली कांग्रेसकी सांसद माया राईलाई यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
उनी स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा १३ वैशाखमा पक्राउ परेकी थिइन् ।