Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

स्वदेश फर्किए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

स्वदेश फर्किए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले दिल्ली फर्केका छन् । तीनदिने नेपाल भ्रमण पूरा गरी उनी शुक्रबार साँझ दिल्ली फर्केका हुन् ।

स्वदेश फर्किने क्रममा उनले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेट अत्यन्त फलदायी रहेको दाबी गरे ।

यस भ्रमणले दुई देशबीचको सम्बन्ध झन् प्रगाढ हुने विश्वास उनले व्यक्त गरे ।

चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077