दैलेख । प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालले जिल्ला प्रहरी कार्यालय दैलेखको कमाण्ड सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र (च.नं. ६४४८) अनुसार बराललाई दैलेख सरुवा गरिएको थियो ।
सोही अनुरुप डीएसपी बरालले शनिबारबाट दैलेख प्रहरीको कमाण्ड सम्हालेका हुन् । बरालको आगमनसँगै जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी निरीक्षक लालबहादुर सुनारसहित सम्पूर्ण प्रहरी टोलीले स्वागत गरेका थिए ।
बरालले शनिबार कार्यालयको सम्पूर्ण जिम्मेवारी ग्रहण गरे । कार्यभार सम्हालेपछि डीएसपी बरालले कार्यालय अन्तर्गतका सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गरेका थिए ।
[insert page='282142' display='yopanipadhnuhos.php']
निरीक्षणका क्रममा उनले सम्पूर्ण प्रहरी कर्मचारीलाई विभागीय नीति तथा निर्देशिका अनुरूप इमानदारीपूर्वक, कर्तव्यनिष्ठ भई कार्य गर्न निर्देशन दिएका छन् ।
बरालको नेतृत्वमा जिल्लामा अपराध नियन्त्रण, कानुनको कार्यान्वयन तथा सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ । उनले यसअघि अत्यन्तै संवेदनशील मानिएको इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको पनि सफल कमाण्ड गरिसकेका छन् ।