Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

ओलीले माफी नमागेसम्म एकता हुँदैन : राजेन्द्र पाण्डे

ओलीले माफी नमागेसम्म एकता हुँदैन : राजेन्द्र पाण्डे

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले ओलीले माफी नमागेसम्म एमालेसँग एकता नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले आफूहरु एमालेमा फर्कन लागेको दुस्प्रचार गरिएको बताए ।

बजेट बनाउने सन्दर्भमा प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिन जाँदा एमालेमा फर्कन लागेको प्रचार भएको भन्दै असन्तुष्टी जनाए।

संसद् विघटन गरेर अपराध गरेको भन्दै उनले ओलीले माफी नमागेसम्म आफूहरु एमालेमा फर्कने सम्भावना नरहेको प्रष्ट पारे।

‘उनले भने , ‘कम्युनिष्ट पार्टीको अध्यक्षले विना कारण, कुनै सरसल्लाह नगरी, कहीँ निर्णय नगरी संसदलाई विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बिचमा एकता हुँदैन ।’

आफूहरु गलत निर्णयसँग सहमत हुन नसक्ने भन्दै उनले एमालेसँग मिल्न चाहनेहरुलाई ‘बाटो तताउन’ भने।

कोहीकोही नेतालाई मिल्न पाए हुन्थ्यो भनेर रहर लाग्ला, मिल्न पाए हुने भन्ने लाग्ने नेताले त्यस्तै ढंगले बाटो तताए हुने उनले बताए ।

गलत निर्णयसँग सहमत हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077