Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

रवि लामिछानेमाथि लगाएको मुद्दामा सरकारको प्रतिशोध मात्रै हो, मुद्दामा दम छैन : सोबिता गौतम

रवि लामिछानेमाथि लगाएको मुद्दामा सरकारको प्रतिशोध मात्रै हो, मुद्दामा दम छैन : सोबिता गौतम

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले पार्टी आफ्नो पार्टीले उठाएका विषयलाई वर्तमान सरकारले दबाउने काम गरिरहेको बताएकी छन् ।

कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताउँदै लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क पनि गरिन् ।

आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन् ।

उनले भनिन्, ‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ ।’

न्यायालयले सभापति लामिछानेलाई न्याय दिने विश्वास आफूले राखेको बताइन् ।

उनले थपिन ,‘न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ । किनभने उहाँ नेपाली जनताले आशा र विश्वास गरेको पात्र हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077