Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - राजनीतिक दलहरू स्वार्थ समूह जस्ता बने

बाबुराम भट्टराईले भने - राजनीतिक दलहरू स्वार्थ समूह जस्ता बने

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू स्वार्थ समूह जस्ता बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको समेत आरोप लगाए ।

उनले भने, ‘हाम्रा दलहरू चाहिन्छ । लोकतन्त्रमा दलहरू नै विचारका वाहक हुन्छन् । तिनको प्रतिस्पर्धाले नै लोकतान्त्रिक वातावरण बनाउँछ । लोकतान्त्रिक जगमा नै विकास हुन्छ भन्ने सामान्य विकासको नियम पनि हो । हाम्रा दलहरू भर्खर–भर्खर बनेको हुनाले ति दलहरु विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्ता बनेका छन् ।’

नेपालका राजनीतिक दलहरु नयाँ रहेको र विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सीमित रहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077