काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले आउँदो आर्थिक वर्ष २०८२/०८३ का निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्र भएको टिप्पणी गरेका छन् ।
शनिबार (वैशाख २०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रममा बोलिने विषय बढी र गरिने कार्य कम रहेको बताए ।
“हिजो नीति र कार्यक्रम आयो, नौटंकी मात्रै छ । खालि बोलिने कुरा मात्रै छन् त्यहाँ । तर, गरिने कुराहरू बहुतै कम छन्,” उनले भने, “त्यसो हुनाले हामीले बोलिने पनि र गरिने पनि काम गर्नको लागि हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ ।”
वर्तमान संविधान पुँजीवादी भएको भन्दै उनले आँखा चिम्लिएर यसलाई समर्थन गर्न नसकिने पनि बताए ।