Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

राष्ट्रिय राजनीतिमा झन्डै राजावादीहरू हाबी भएका थिए, हामीले तह लगायौँ : माधव नेपाल

राष्ट्रिय राजनीतिमा झन्डै राजावादीहरू हाबी भएका थिए, हामीले तह लगायौँ : माधव नेपाल

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजावादीलाई आफूले तह लगाएको बताएका छन् ।

शनिवार नेकपा एसनिकट आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले राष्ट्रिय राजनीतिमा राजावादी झन्डै हाबी भइरहेको अवस्थामा आफूले तह लगाएको बताएका हुन् ।

‘झन्डै राजावादीहरू हाबी देखिएको अवस्थामा हामी चार वटा वामपन्थी पार्टीले सोच्यौँ, यो राष्ट्रिय राजनीतिको एजेन्डा, यो गणतन्त्र बचाउने एजेन्डा, ०६२÷६३ को जनक्रान्तिको एजेन्डा,’ अध्यक्ष नेपालले भने, ‘यो हाम्रो एजेन्डा हो, अरू कसैको होइन। हामीले जन्माएको, हामीले ल्याएको यो व्यवस्था हो । अरूले ल्याएको व्यवस्थामा हामी गएको होइन।’

तर यही व्यवस्थामा आफू नरोकिने पनि उनले बताए। ‘जब गणतन्त्रमाथि खतरा आयो, अरूले मतलब राखेनन् हामीले चासो राख्यौँ। चैत १५ गते हामीले सभा राख्यौँ,’ उनले भने, ‘आज राजावादीको मनोबल खस्केको छ। त्यो हामीले कार्यक्रम गरेर हो ।’

समाजवादी गणतन्त्र, उन्नत लोकतन्त्रका लागि आफूहरु बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077