Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

चारवटा समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

चारवटा समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, अर्थ समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे १० बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मलखाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायत विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुनेछ ।

बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, सार्वजनिक लेखा समितिको बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा सार्वजनिक लेखा समितिको २३औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन र उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077