काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
बिहान ११ः३० बजे सिंहदरबारमा नवनियुक्त राज्यमन्त्री गर्बुजा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन् ।
गत बैशाख १७ गते गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।
गत १० वैशाखमा नेपाली कांग्रेसको आग्रहमा प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।