Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सातै प्रदेशका डिआइजी सरुवाको तयारी, बढुवा अझै अन्योलमा

सातै प्रदेशका डिआइजी सरुवाको तयारी, बढुवा अझै अन्योलमा

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । गृह मन्त्रालयले आज डिआइजीहरुको सरुवा तयारी गरेको छ। सरुवामा सहमति नहुँदा सातै प्रदेश नेतृत्वविहिन छन्।

सरुवामा कांग्रेस र एमालेबीच सहमति जुट्न सकेको छैन ।

गृह मन्त्रालय स्रोतका अनुसार मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ। मधेसमा दिनेश आचार्य, उमाप्रसाद चर्तुर्वेदी, सुशीलसिंह राठौर लगायतको दाबी छ। लुम्बिनीमा गृहमन्त्री रमेश लेखकले राजेन्द्र भट्टलाई पठाउन चाहेका छन्। कोशीमा ईश्वर कार्कीको सम्भावना छ ।

डिआइजीहरू हिमालय श्रेष्ठ, डम्बर बिक, अरुण पौडेल, गोविन्द थपलिया पनि तराईकै प्रदेशमा जान चाहेका छन्। सिनियर डिआइजी रहेका शिद्धिबिक्रम शाह भने सरुवमा भन्दा जेठमा रिक्त हुने एआइजी पदमा बढुवामा केन्द्रीत छन् । अहिले बढुवा हुन सके आइजिपीको दाबेदारी कायम रहने उनको बुझाई छ।

उता डिआइजी बढुवा भने अझै केही दिन लम्बिने देखिएको छ। डिआइजीका हाल १० पद रिक्त छन् । जसमा सिनियर टोली, गुप्तचर र ११२ को टोलीबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077