Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

श्रीमतीको हत्या गर्न सफल नभएपछि सुपारी दिने श्रीमान मारिए

श्रीमतीको हत्या गर्न सफल नभएपछि सुपारी दिने श्रीमान मारिए

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका ६० वर्षीय चुडामणि कँडेल आफैं मारिएका छन् ।

धादिङको गजुरी गाउँपालिका–२ मा प्रहरी अनुसन्धानका क्रममा गत चैत २७ गते आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा, पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको स्वीकारेको प्रहरी बताउँछ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरूले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको छ ।

चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । जग्गा बिक्री गरेर उनले आफ्नै खेतबारीमा खेती गरिरहेका प्रजालाई त्यो रकम दिएका थिए ।

रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएका थिए । उनीहरूले सुस्मिताको हत्याको लागि पटक–पटक प्रयास गरे पनि सफल भएनन् । त्यसपछि चुडामणिले आफूले दिएको पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए ।

पैसा लिएर खर्च गरिसकेका अभियुक्तहरूले सुस्मिताको हत्या गर्न नसकेपछि पैसा पनि फिर्ता नदिएपछि चुडामणिकै हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । त्यसपछि चैत २४ गते राति चुडामणि घरभित्रै भएका बेला कोदालोको बीँडले हानेर हत्या गरेको देखिएको छ ।

घटनापछि अनुसन्धानको क्रममा अभियुक्तहरूमध्ये अक्कलबहादुर प्रजाको कोठाबाट लुकाइराखेको अवस्थामा एक लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । फरार भएपछि स्थानीय बजारबाट तीनै जनालै एकै किसिमको जुत्ता किनेको समेत प्रहरीले पत्ता लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077