Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विकल पौडेलसहित तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४० करोड ७५ लाख जरिवाना

विकल पौडेलसहित तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४० करोड ७५ लाख जरिवाना

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा विकल पौडेलसहित तीन जनालाई दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलसहित म्याक्स इन्टरनेसनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

विशेषले अख्तियारको दाबीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ। यो रकम दामासाहीले तीन प्रतिवादीबाट असुल्ने फैसला गरेको छ। जसमा विकल पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र यसका सञ्चालक अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना गरी प्रतिवादीबाट असुलउपर गर्नुपर्ने फैसला गरेको छ।

[insert page='344934' display='yopanipadhnuhos.php']

अपराधपीडित संरक्षण ऐनबमोजिम तीनै प्रतिवादीसँग जनही ५४ करोड ३४ लाख १०३ रुपैयाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखिला गर्न पनि अदालतले भनेको छ । पौडेलविरुद्ध दुई कसुरमा गरी दुई वर्ष कैदको सजाय ठहर भएको छ भने अकबर हुसेनलाई डेढ वर्ष कैद ठहर भएको छ।

अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिबल्लभ घिमिरे र खड्कबहादुर थापालाई भने विशेषले सफाइ दिएको छ। सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ३० वैशाखमा पौडेलसहित सातविरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077