काठमाडौं । स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाडौंबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरू काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र लमजुङको दोदी गाउँपालिका–३ कै ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट उनीहरुलाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको हो ।
दुईवटा मोटरसाइकलमा सवार उनहरूलाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले खानतलासी गरेको थियो ।
सोही क्रममा उनीहरुको साथबाट ९५ लाख १७ हजार पाँच सय बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको एसपी अपील राज बोहराले जानकारी दिए ।